‎वीरेन्द्रनगरमा चल्यो गोली

डिसी नेपाल
२३ चैत २०८१ १३:१२

सुर्खेत । सुर्खेतको ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो।

गोली छाना छेडेर कोठाभित्र खसेको थियो। तर, कसले र किन गोली चलायो भन्ने बारेमा पुष्टि हुन सकेको छैन।

घटनाबारे अनुसन्धान थालिएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *