नेपालमा राजतन्त्र फर्काउने सबाल

कृष्ण बोहरा
२४ चैत २०८१ ८:१७

नेपालमा आजकल राजा फर्काउने भन्दै आन्दोलनहरु हुन थालेका छन्। यो सम्भव छ वा छैन? यसको औचित्यका बारेमा केही लेख्ने कोशिस गरेको छु। नेपालमा राष्ट्रियताको भावनाको उजागर राजा पृथ्वीनारायण शाहले गरेका थिए।

नेपाल एकीकरण गरी “चार जात छत्तीस बर्णको फूलवारी” भनी उनै राजाले व्याख्या गरेका हुन्। यस भनाइले सबै जातजातिको अस्तित्वलाई स्वीकाकारेको मान्न सकिन्छ।

पृथ्वीनारायण शाहले नेपालको आर्थिक नीति र परराष्ट्र नीतिको सवालमा पनि निकै दूरदर्शी बिचार अगाडि सारेका छन्। उनको बिचार वास्तवमा अहिले पनि अहम् महत्वको रुपमा हेर्न सकिन्छ।

तर पनि उनका सन्ततीहरुले उनका आदर्शवान यस्ता राष्ट्रिय स्वार्थलाई ध्यान दिई अगाडि सारेका बिचारहरुको अनुसरण गरे कि गरेनन् त्यो भने अध्ययन र खोजपछि सबै प्रष्ट हुन्छ। यसरी हेर्दा राजा महेन्द्र मात्र पृथ्वी नारायण शाहका सबैभन्दा राम्रा अनुयायी व्यबहारत: देखिन्छ।

नेपालमा धर्म निरपेक्षता संबिधानमा राख्नाले सबै कुल धर्मको जगेर्ना हुन्छ भन्ने जनमानसमा लागेको थियो। यसैले गणतन्त्र आइसकेपछि एक दुईजना छद्म व्यक्तिहरुले धर्म निरपेक्ष शब्द संबिधानमा घुसाउँदा पनि सर्बसाधारण जनता चुप्प लागेर बसेकै हो।

तर यसले नेपालमा सबै कुल धर्मलाई नामेट पार्दै लग्यो र इसाइकरणलाई बढावा दिने काम मात्र भैरहेको छ। यसैले धर्म निरपेक्षता हैन पुन हिन्दू अधिराज्यको रुपमा संविधानत स्वीकार्नु आवश्यक छ। धार्मिक सहिष्णुतालाई पहिले झै बढवा दिनुपर्ने कुरा ब्यबहारमा पुष्टि भैसकेको छ।

गणतन्त्रमा फजुल खर्च रोक्न राज्य तहको संरचना खारेज गर्नु आबश्यक देखिन्छ। संसद सदस्यहरुको संख्यालाई घटाउनु आवश्यक छ। मन्त्रिमण्डल सानो र छरितो बनाउनु आवश्यक छ। जनताले चुन्ने कार्यकारी राष्ट्रपतिको ब्यबस्था गर्नुपर्ने देखिन्छ। यो नै अहिलेको समस्याकाे उपयुक्त निकास हुनसक्छ।

नेपालमा राजसंस्था राष्ट्रियताको प्रतीकको रूपमा अहिले पनि व्याख्या विश्लेषण गर्ने गरिन्छ। यो कटु सत्य पनि हो। तर यसका लागि हामी पुनः पुरानै रूपमा फर्कन पर्ने हुन्छ। यो कुरा सम्भव छ वा छैन अलिकति छलफल गरौँ। राष्ट्रियताको सवालमा राजालाई मान्नेहरूको विरोध गरेर वा मौन बसेर पनि समस्याको सामाधान हुने अवस्था देखिँदैन।

वास्तवमा राष्ट्रियताको संवर्द्धन हाम्रो आश्यकताको कुरा पनि हो। जब जब बाह्य शक्तिले नेपालको राष्ट्रियतामाथि धावा बोल्ने गर्दछ। तव राष्ट्रियता हाम्रो मुख्य समस्या र मुद्दा बन्दै आएको छ।

पूर्व राजा ज्ञानेन्द्र कस्ता प्रकृतिका राजा थिए, कसैले कसैलाई सम्झाई रहन पर्दैन पञ्चायत कालामा ञ्न्चायत समर्थित पत्रिका मै भूमिगत गिरोहको नामले चिनिने नामहरूमा शरदचन्द्र शाहलगायत यिनी पनि हुन्। यिनीहरुको काम भनेको अवैध कर्म गर्नु हो। यस्तै समाचार लेखे बापत पदम ठकुराठी जीवित साक्षी हुन जसको टाउकामा अहिले पनि गोलीको निसानी छ।

नेपाली कांग्रेसको पुरानो पुस्ताले सक्रिय राजतन्त्रको पूरै समय मात्र होइन, राणा शासनको समयमा समेत भारतमा निर्वासित जीवन बिताए। उनीहरूले उतैबाट राजनीति, सिके, सिकाए। कांग्रेसको संगठन गरे। यसलाई मलजल पनि गरे। भारतीय नेताहरूसँगै उनीहरूको बढी उठबस पनि भयो।

त्यो समय यो स्वभाविक पनि थियो। किनकि देशभित्र टिक्न नसके पछि के गर्ने त रु यता राजा महेन्द्रलाई पनि नेपाली कांग्रेस घाँडो भएको थियो। भारतको हेपाइ र चेपाइ उनलाई पनि मन परेको थिएन।

नेपाली कांग्रेसले राजनीति उतैबाट सिकेका कारण कतिपय सवालमा सबै कुरा उतैबाट सोधेर शासन सञ्चालन गर्नुपर्ने अबस्था आयो। स्वतन्त्रतापूर्वक आफ्नो शासन आफैं सञ्चालन गर्ने खुबी कांग्रेससँग थिएन। यसले गर्दा भारतीय पक्षको इन्ट्रेस्ट अनुसार नेपालमा शासन सञ्चालन हुन थाल्यो।

नेपालको उत्तरी सिमानामा भारतीय चेकपोस्टहरू रहन थाले। नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतीय प्रतिनिधिको उपस्थिति अनिवार्य हुन थाल्यो। नेपालको सेनालाई प्रशिक्षण दिन आएको भारतीय सैनिकको टोली पुनः भारत फर्कन मानेन।

यसरी २०१७ सालअघि नेपालमा नेपाली कांग्रेसले शासन सञ्चालन गरिरहेको बेलामा नेपालमा राष्ट्रियताको नामोनिसान थिएन। यसैगरी नेपाली कम्युनिस्ट आन्दोलनका नेता पुष्पलाल पनि भारतमै निर्वासित जीवन बिताउँथे।

नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि २००६ सालमा भारतकै भूमिमा भएको हो। भारतीय कम्युनिस्ट नेताहरूसँग उनीहरूको पनि उठबस नहुने कुरा भएन। यो स्वाभाविक पनि हो कि मानिसले ज्ञानको प्राप्ति आफ्नो साथी भाइ, इष्टमित्र, छिमेकी र यो विश्व ब्रम्हाण्डबाटै लिने हो।

भारतीय नक्सलवादी आन्दोलनको प्रभाव स्वरूप चारुमजुमदारको लाइनअनुसार नेपालमा २०२८ सालमा झापा काण्ड भएको थियो।

यो आन्दोलनका नेता कार्यकर्ताहरूको भारतलाई आधारभूमि नबनाई नेपालमा जसरी पनि टिकेर युद्ध नीति अगाडि बढाउनु पर्दछ भन्ने थियो। नेपालको पूर्वदेखि पातलो रूपमा पश्चिमसम्म पनि यो आन्दोलनले जनतालाई जगाउने र वर्गीय रूपमा सचेत पार्ने काम भने गरेको थियो। तर, कति नेता कार्यकर्ता जेल परे, कोही मारिए।

चारुमजुमदारको लाइनअनुसारको क्रान्ति नेपालमा सफल हुन सकेन। तत्कालीन कोकेले नीति फेर्न बाध्य भयो। यसपछि यो माले बन्दै २०४७ शालमा एमालेमा परिणत भयो।

चारुमजुमदारको लाइन अनुसार तयार भएका कार्यकर्ता नेतामा निकै ऊर्जा थियो। यसैबखत जेल परेका नेता कार्यकर्तामध्ये सिपी मैनालीहरू समेतले निकै लामो सुरुङ खनी नख्खु जेलबाट भाग्न सफल भएका थिए। कतिलाई पुन पक्रेर ल्याई थुनियो।

२०४१ शालमा पिस्करकाण्डमा जेल पर्दा नख्खु जेलमा मेरो उहाहरूसँग भेट पनि भएको थियो। यसमध्ये तत्कालीन भारतीय कम्युनिस्ट पार्टी मालेले नेपाली कम्युनिस्ट आन्दोलनलाई सघाउन पठाएको छबिलाल राजवंशी (छवि दादा) लाई पनि मैले नख्खु जेलमा भेटेको थिएँ।

२०४६ माघमा गणेशमान निवास चाक्सीबारीमा नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनको सुरुआत गर्न नेपाली कांग्रेस र बाम मोर्चाको आयोजनामा एउटा कार्यक्रमको आयोजना भएको थियो। यसमा भारतका नेता चन्द्र शेखरको पनि उपस्थिति थिए।

यसैगरी २०५२ साल फागुन २ गतेबाट नेपालमा नेकपा माओबादी पार्टीको नेतृत्वले दीर्घकालीन ‘जनयुद्ध’को संखघोष गर्‍याे। यसका धेरै सकारात्मक र नकारात्मक पक्षहरू पनि त्यतिकै देखिए। राजतन्त्रलाई ठूलै धक्का दिने पार्टी यो नै हो।

यस्तै उच निच इतिहासको लामो कालखण्डदेखिको छुवाछिटो जस्तो परम्परालाई यसले करिब करिब नामेट नै पारिदियो। यस्तै यस्तै धेरै सकारात्मक पक्ष पनि यस आन्दोलनले छोडेका छापहरू हुन्।

यस आन्दोलनका सकारात्मक मात्र होइन नकारात्मक पक्ष पनि त्यतिकै छन्। यसका सबैभन्दा नकारात्मक पक्ष सिद्धान्त र नीतिभन्दा बन्दुक बलशाली देखियो। झण्डै झण्डै बिहारी शैलीका जबरजस्तीका घटना पनि हुन थालेकै थियो। शत्रु र मित्रु छुट्याउने मामिलामा यो ज्यादा चुकेको देखियो।

यस्तै जातीय र धार्मिक सहिष्णुतामा रहेको देशमा जातीय झगडालाई यसले निम्तो दियो। यो आन्दोलन शास्त्रीय रूपमा माओकालीन माओका सिद्धान्तको नक्कलमा आधारित भएकाले दीर्घकालीनरूपमा यो अगाडि जान सकेन।

अर्को कुरा यो आन्दोलनका मुल नेतृत्व सुरुदेखिनै भारतीय भूमिमा बस्थे। भारतीय जासुसी संस्था ‘रअ’ का मानिसहरूसँग यसका कतिपय नेताको उठबस र सरसहयोग समेत थियो। यो कुरा सुधीर शर्माको प्रयोगशालाले प्रस्टसँग लेखेको छ।

यसको खण्डन आजसम्म नआएकाले यसलाई प्रस्ट प्रमाण मान्न सकिन्छ। यस पुस्तकमा प्रमाणसहित तिथि मिति समेत दिएकाले खण्डन गर्न समेत गारो छ। यी आदि विविध कारणले प्रचण्ड जस्तो नेतृत्वकौशल भएका नेता भएर पनि यो पार्टी उँभो लाग्न सकेन र छिन्न भिन्न भयो।

त्यत्रो दुःख गरेर बनाएको पार्टी तहस नहस भयो। सबैभन्दा ठूलो कुरो त सिद्धान्त र कार्यशैलीमै यसको खोट देखियो।

यसरी माथिका यी उदाहरणहरूबाट हाम्रा पार्टीहरूका राजनीतिक प्रभावका उठानहरू र राजनीतिक आधार भूमि भारत नै रहेछ भन्ने प्रस्ट हुन्छ। सबैले मान्नैपर्ने र स्वीकार्नै पर्ने कुरा यो होकी जब हामी आफ्नो घरमा स्वतन्त्रतापूर्वक बाँच्न सक्ने र सुरक्षित महसुस गर्दैनौं भने छिमेकीको शरणमा अवश्य जान्छौं।

यही मौकामा छिमेकीले पनि आफ्नो स्वार्थ पूर्ति गर्न अग्रसर हुन्छ र हस्तक्षेपकारी भूमिका खेल्छ भने हाम्रो भाग्य यस्तै रहेछ भनेर बस्ने हो र? बरू सचेत भएर अगाडि बढ्नुपर्दछ। यो नवीन विश्वमा उपायहरू असीमित छन्। खोज्न मात्र सक्नुपर्दछ।

नेपालका राजाहरू राष्ट्रियताको मेरुदण्डको रूपमा सधैं उभिए। विशेष गरेर राजा महेन्द्र जसलाई हामी निरंकुशताको प्रतीककारूपमा मान्दछौं। किनकि यीनले नै बिपी, केपी लगायतलाई जेल हाले। निरंकुश पञ्चायती व्यवस्था लादेर पार्टीहरूलाई प्रतिबन्द लगाए।

पार्टीका नेताहरूलाई निर्वाशित जीवन बिताउन बाध्य पारे। कम्युनिस्टहरूलाई पनि यिनले दिनु नदिनु दुःख दिए। तर यिनै राजाले स्वाधीन राष्ट्रको रूपमा नेपाललाई उभ्याउन ठूलो भूमिका खेलेको कुरा घाम जतिकै प्रस्ट छ। हामी यसलाई नकार्न सक्तैनौं। यसरी हेर्दा हामीमध्ये कसैलाई राजतन्त्र पुन फर्काउन पर्दछ भन्ने पनि लाग्दछ।

राजा पृथ्वीनारायण शाह, नायब बहादुर शाह र राजेन्द्र लक्ष्मीले एकीकरण गरेर देशको आकार ठूलो बनाएका थिए। पूर्वमा टिस्टा र पश्चिममा काँकडासम्म मात्र होइन दक्षिणमा गंगासम्म हाम्रो सिमाना पुगेको थियो।

हामीलाई कहिलेकाँही ती नायवहरू र पृथ्वीनारायण शाह जीवितै भैदिएको भए हुन्थ्यो जस्तो पनि लाग्नसक्छ। तर हामी पृथ्वीनारायण शाहको युगमा छैनौ। नत हामी राजा महेन्द्रको युगमा छौं, न भद्र राजा वीरेन्द्रको समयमा छौं। हामीले चाहेर पनि नत हामी त्यो जमानामा फर्किन सक्छौं न उनीहरू फर्केर आउन सक्दछन्। बागमतीमा धेरै पानी बगेर गइसक्यो।

अहिले हामी ज्ञानेन्द्र पूर्व राजाको रूपमा नागार्जुनमा बसिरहेको समयमा छौं। पूर्व राजा ज्ञानेन्द्र कस्ता प्रकृतिका राजा थिए, कसैले कसैलाई सम्झाइरहन पर्दैन। धेरैलाई थाहा भएकै कुरा हो कि उनी राजकुमार छँदा उपत्यकाका प्रतिष्ठित र ऐतिहासिक मन्दिरहरूबाट देवताका मूर्तिहरू हराउँथे र रातारात विदेशी भूमिमा पुग्थे। यसमा उनैको नाम जोडिन्थ्यो।

जनप्रिय र देशभक्त राजा वीरेन्द्रको वंश नास हुँदा उनको परिवार नाराहिटी दरबार भित्रै बस्थे। त्यत्रा सुरक्षाकर्मी र भाइ भारदार दरबार भित्रै हुँदा पनि कसरी उनको वंशको मात्र नामोनिसान नहुने गरी नासियो प्रश्न गम्भीर छ। हत्याकाण्डक़ा दसी प्रमाण मास्न त्रिभुवन सदन भात्कायर सफा पारिएको थियो।

राजदरबार हत्याकाण्डको तेस्रो दिन धीरेन्द्र पत्नीको हत्या रारा तालमा हेलिकप्टरमा लगी खसाइयको थियो। यसो गर्ने आदेश दिने अरु को होला खै? ज्ञानेन्द्रले चाहेको भए यसो हुनबाट रोक्न सक्दथे। यसमा देशी र विदेशी शक्तिको हात थियो भन्ने गरिन्छ।

सत्य त्यही हो भन्ने कुरामा शका रहेन। तर यदि यसमा ज्ञानेन्द्रको कुनै हातै छैन उनी टुलुटुलु हेरेर मात्र बसेका हुन भने पनि यस्ता मूक दर्शक राजाको के काम? संवैधानिक रुपमा राजतन्त्र पुनर्स्थापना गर्न सके पनि समस्याको निकास भने निस्कने थियो। तर राजा कसलाई बनाउने? संबैधानिक राजा नै हो भने मिलाएर बनाउँदा भयो।

जब जब निरंकुशता देशमा हाबी हुन्छ तब तब लोकतन्त्र वा प्रजातन्त्रको आवश्यकता महसुस हुन्छ। जब जब लोकतन्त्रको आन्दोलन हुन्छ अन्तर्राष्ट्रिय शक्ति समूहको पनि समर्थन रहन्छ। जब जब लोकतन्त्रको अभ्यास गरिन्छ, तब तब छिमेकीको हस्तक्ष पनि सँगै निम्तिन्छ।

यसो नहुनको लागि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर शासन सञ्चालन गर्ने नेता चाहियो। राजाका पनि राष्ट्रियताका पक्षका राम्रा कुराबाट सिक्नुपर्छ। भनिन्छ- आफ्नो थैलीको मुख बन्द गर्नु,साथीलाई चोर नलागाउनु। कुरा ठिकै पनि हो।

हस्तक्षेप नै हुन्छ भने त यसलाई निस्तेज पार्न त सम्पूर्ण देशलाई माया गर्ने जति एक जुट हुनुपर्ने आवश्यकता रहन्छ। यसमा बाम र कांग भन्ने पनि हुँदैन। के हाम्रो देशका जनता आफ्नो देशको माया गर्दैनन् र? अवश्य गर्छन्। के यही जनताले बनाएका नेताहरूले देशलाई माया गर्दैनन्? अवश्य गर्छन्।

मात्र राज्य सत्तामा र शक्तिमा जहिले पनि उनीहरूनै हाबी भए जो देशको मायाँ गर्दैनन्। माथिका सम्पूर्ण कमी कमजोरीका बाबजुद पनि हामीले राष्ट्रलाई माया गर्ने नेता स्वर्गमा खोज्न जाने होइन, जनताले नै जन्माउन पर्ने हुन्छ। भएका मध्ये नै खोज्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *