अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

डिसी नेपाल
२४ चैत २०८१ ८:२२

अर्घाखाँची। अर्घाखाँचीको मालारानीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मालारानी गाउँपालिका ३ लुटिपोखरी-खनदह भित्री सडकखण्डमा लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप (सिङगल क्याब)अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मालारानी ४ का गाडी चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।

दुर्घटनामा मालारानी ४ बस्ने अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन्। दुई जना घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।

गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *