फ्रेन्च लिग वानको उपाधि पिएसजीलाई

डिसी नेपाल
२४ चैत २०८१ ८:५३

पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले शनिबार एन्जेर्स १–० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो । तर डुएले ५५औं मिनेटमा गरेको गोलले टोलीले ३ अंक जोड्यो । यसअघि सन् २०१६ मा पिएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो । लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो ।

१९ वर्षे फरवार्ड डुएले पेरिसमा आफ्नो डेब्यु सिजनमै ११ गोल र ११ असिस्ट गरिसकेका छन् । उनी रेनबाट पिएसजी पुगेका थिए । पिएसजीले पछिल्लो १३ सिजनमा ११ औं लिग वान उपाधि हो जितेको छ । समग्रमा उसको यो १३ औं शीर्ष डिभिजनको उपाधि हो ।

२८ खेलपछि पिएसजीको ७४ अंक पुगेको छ । समान खेलमा मोनाकोको ५१ अंक छ । एन्जेर्स २७ अंकसहित १४ औं स्थानमा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *