गाजामा १५ स्वास्थ्यकर्मीको हत्यामा इजरायलले आफ्नो गल्ती स्वीकार गर्‍यो

डिसी नेपाल
२४ चैत २०८१ ११:१५

काठमाडौं । इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपतकालीन कर्मचारीको हत्यामा आफ्ना सैनिकहरूले गल्ती गरेको स्वीकार गरेको छ।

त्यस दिन, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी एम्बुलेन्स, संयुक्त राष्ट्र संघको कार र गाजा सिभिल डिफेन्सको दमकल ट्रकको समूहमाथि रफाह नजिकै गोली चलाइएको थियो।

इजरायलले दाबी गरेअनुसार उसको सेनाले आक्रमण गरेको थियो किनभने गाडीहरू अँध्यारोमा हेडलाइट वा चम्किलो बत्ती बिना “शंकास्पद रूपमा” अगाडि बढिरहेको थियो।

आक्रमणको समयमा मारिएका एक मेडिकल कर्मचारीले आफ्नो मोबाइलमा भिडियो बनाएका थिए। फुटेजमा घाइतेहरूको लागि मद्दतको लागि कराइरहेको बेला सवारी साधनहरूको बत्ती बालिएको देखियो।

इजरायल डिफेन्स फोर्सले यी मध्ये कम्तीमा छ जना स्वास्थ्यकर्मी हमाससँग सम्बन्धित रहेको बताएको छ। यद्यपि, इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन।

इजरायलले आफ्ना सैनिकहरूले गोली चलाउँदा ती स्वास्थयकर्मीहरू हतियार विहीन थिए भनी स्वीकार गरेको छ।

शनिबार साँझ पत्रकारहरूलाई जानकारी दिँदै एक आइडीएफ अधिकारीले भने – सेनाले पहिले तीन हमास सदस्यहरू सवार कारमा गोली चलाएको थियो।

जब एम्बुलेन्सहरू मद्दत गर्न आइपुगे, हवाई अनुगमनकर्ताहरूले जमिनमा रहेका सेनाहरूलाई सतर्क गराए कि गाडीहरूको समूह “शंकास्पद तरिकाले अघि बढिरहेको” थियो।

जब एम्बुलेन्स हमासको कार नजिकै रोकियो, इजरायली सैनिकहरूले आफू खतरामा परेको ठाने र गोली चलाउन थाले। जबकि आपतकालीन टोलीका कुनै पनि सदस्य हतियारधारी थिए भन्ने कुनै प्रमाण थिएन।

इजरायलले पहिले प्रदान गरेको जानकारी गलत भएको स्वीकार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *