बत्तीसपुतलीस्थित राम मन्दिरमा तीन लाख भक्तजनद्वारा पूजाअर्चना

डिसी नेपाल
२४ चैत २०८१ १७:१०

काठमाडौं। रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन्।

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तजनले पूजाअर्चना गरेका हुन्।

मन्दिरमा बिहानैदेखि भक्ति संगीत कार्यक्रम जारी छ। कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, संगीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिएका छन्। मन्दिर आज राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ।

काठमाडौं महानगरपालिका वडा नं ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर विसं १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ। मन्दिर सञ्चालनका लागि उनले काठमाडौंका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *