नेपाल सुपर लिग: चितवन र झापाबीचको खेल बराबरी

डिसी नेपाल
२४ चैत २०८१ २१:३९

काठमाडौं। दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो। यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्‍याएको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो।

चितवनका लागि आजको खेलमा टेरिक जेब्रनले गोल गरे। उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए। यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए।

झापाको समान खेलबाट तीन अंक भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *