परफ्युमको गन्धका कारण दुई महिलाबीच लडाइँ हुँदा विमान उड्न २ घण्टा ढिलाइ

काठमाडौं । दुई महिला यात्रुहरूको भिडन्तका कारण विमान उड्न २ घण्टा ढिलाई भएको छ । महिलाहरूको झगडाका कारण उडानमै ढिलाई भएपछि अन्ततः अन्य यात्रुहरू हस्तक्षेप गरेका थिए । त्यसपछि झगडाको कारण खुलासा भयो जुन निकै अनौठो थियो ।
घटना चीनको शेन्जेन एयरलाइन्सको उडानमा भएको हो। शरीरको गन्ध र परफ्युमको तिखो गन्धलाई लिएर उडानमा दुई यात्रुबीच भएको विवादले हिंसात्मक रूप लिएको हो।
यो झगडामा एक उडान परिचारिका घाइते भइन्। शरीरको गन्धलाई लिएर यात्रुहरूबीच भएको झगडामा एक विमान परिचारिकाले हस्तक्षेप गर्दा एक यात्रुले उनको हात टोकेकी हुन्।
रिपोर्टका अनुसार एक महिला यात्रुले अर्की महिलाको शरीरको गन्धप्रति असहजता व्यक्त गरेपछि झगडा सुरु भएको थियो । अर्कीले उनको तिखो अत्तरको गन्धमा आपत्ति जनाएकी थिइन्।
त्यो बहस चाँडै नै हात हालाहालमा परिणत भयो। स्थिति नियन्त्रण गर्न पुगेकी एक उडान परिचारिकामाथि समेत आक्रमण भयो । उनको हातमा एक झगडालु महिलाले टोकिन् अर्का यात्रुको शरीरमा चिथोरियो ।
एयरलाइन्सले घाइते विमान परिचारिकालाई सामान्य चोटपटक लागेको र उनलाई तुरुन्तै अस्पताल लगिएको पुष्टि गरेको छ । अस्पतालमा उनको अवस्था स्थिर छ।
विवाद सुरु हुँदा दुई महिला उडान परिचारिका र दुई पुरुष सहकर्मीले झगडा रोक्न खोजेका थिए। यसमा एक जना कर्मचारी घाइते भएका छन्।
यो घटनापछि दुवै यात्रुलाई प्रहरीले हिरासतमा लिएको छ। प्रहरी आएपछि उडानमा रहेका अन्य यात्रुहरूलाई ओरालियो र उडान दुई घण्टा ढिलो गरी प्रस्थान गर्यो। उडान ढिलाइ हुँदा बाँकी यात्रुहरूले समस्या भोग्नुपरेको थियो।
Facebook Comment