बन्दुकसहित एक जना पक्राउ

धनकुटा । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक एक थानसहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment