सरकारी जागिरबाट २३ वर्षको उमेरमै अवकाश, जीवनभर पेन्सन पाउने

डिसी नेपाल
२५ चैत २०८१ १५:११

काठमाडौं । अवकाशलाई परम्परागत रूपमा वृद्धवस्थासँग जोडिन्छ। केही अपवाद बाहेक धेरैजसो पेशाहरूमा अवकाशको उमेर सामान्यतया ५० देखि ६५ वर्षसम्म हुन्छ । यदि कुनै व्यक्तिले ४० वर्षको उमेरमा अवकाश लिन्छ भने पनि उसलाई भाग्यशाली मानिन्छ।

तर एउटा रोचक घटनामा एक व्यक्तिले केवल २३ वर्षको उमेरमा अवकाश पाए। अब उनले जीवनभर पेन्सन पाइरहनेछन् । रुसका एक युवक यसरी २३ वर्षको उमेरमा पूर्ण पेन्सनसहित अवकाशमा गएका हुन् । पावेल स्टेपचेन्को रूसको आन्तरिक मामिला मन्त्रालयको स्कूलमा विद्यार्थीको रूपमा १६ वर्षको उमेरमा भर्ना भएका थिए ।

उनी १६ वर्षको उमेरमा रूसी आन्तरिक मामिला मन्त्रालयको शैक्षिक संस्थामा भर्ना भए र पाँच वर्षको लगनशील अध्ययन पछि उनले आन्तरिक मामिला प्रणालीको क्षेत्रीय विभागमा काम गर्न थाले । डोनेट्स्कका यी युवाले त्यहाँ दुई वर्ष मात्र काम गरे । २३ वर्षको उमेरमा उनले आधिकारिक रूपमा अवकाश लिए।

वास्तवमा युक्रेनसँग जारी युद्धका कारण रूसले केही क्षेत्रमा मार्शल ल लागू गरेको छ । यो संकटकालीन कानुन लागू भएको क्षेत्रमा काम गर्ने सरकारी कर्मचारीलाई सरकारले विशेष सुविधा दिएको थियो । जसअनुसार कर्मचारीले १ महिना काम गरे उसको सेवा अवधिमा ३ महिनाको अतिरिक्त सेवा अवधि थपिन्थ्यो र १ महिना काम गर्दा ४ महिना सेवा अवधि गणना हुन्थ्यो । उनले यही प्रावधानको सदुपयोग गरे ।

पावेल स्टेपचेन्कोले त्यतिबेलाको रूसी संघीय कानून अनुसार नोभेम्बर २८, २०२३ मा अवकाशको लागि आवेदन दिए र उनलाई सेवा अवधिको लागि पूर्ण पेन्सन प्रदान गरियो। यो असामान्य रेकर्डलाई अन्तर्राष्ट्रिय रेकर्ड दर्ता एजेन्सी इन्टररेकर्डका विज्ञहरूले आधिकारिक रूपमा पुष्टि गरेका थिए । जसलाई रसियाको रेकर्ड बुक पनि भनिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *