हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

डिसी नेपाल
२५ चैत २०८१ १६:३७

काठमाडौं। हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो। नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइनसकेका कारण मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिइएको हो।

बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले हङकङमा हुने चारदेशीय सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए। उनले हङकङ सिरिजले टि ट्वान्टी विश्वकप छनोटको तयारीका लागि पनि मद्दत पुग्ने बताए।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीसंगको यात्रा सहज हुने भन्दै नौलो महसुस नभएको उल्लेख गरे। प्रशिक्षकको भूमिकामा कुनै दबाब नरहेको र राष्ट्रका लागि खेल्ने–खेलाउने भूमिका निर्वाह गर्ने उनले बताए।

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् नेपालले कतारसँग खेल्दै बिहीबार प्रतियोगिताको सुरुवात गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ। लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *