राजाबादीले शान्तिपूर्ण भनिरहेको प्रदर्शनको सुरक्षा व्यवस्था कडा, ३५ सय सुरक्षाकर्मी परिचालन

डिसी नेपाल
२६ चैत २०८१ ८:५७

काठमाडौं । राजा फर्काउन उत्साही भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्ने प्रर्दशनमा शान्तिपूर्ण हुने भनिए पनि सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ।

दुर्गा प्रसाईंको राजाबादी समूहले काठमाडौंको तीनकुनेमा हिंसा भड्काएपछि सचेत भएका सुरक्षा अंगले मंगलबारको सुरक्षा व्यवस्था कडा बनाउने भएका हुन्। चक्रपथभित्र र बाहिर कुनै पनि हिंसात्मक कार्य हुन नदिनेगरी सुरक्षा व्यवस्था कडा बनाउन भ्याली कमाण्ड परिचालन गरिने भएको छ।

काठमाडौंको उपत्यकामा एआइजी टेकबहादुर तामाङ, सशस्त्र प्रहरीबाट डीआइजी सुरेश श्रेष्ठले कमाण्ड गर्दै आएका छन्। यसअघि उपत्यकामा आन्दोलन हुन थालेपछि आत्तिएका पशुपतिनाथ बाहिनिका डीआइजी सुरेश श्रेष्ठले त्यस्ता आन्दोलनमा सशस्त्र प्रहरीको भूमिका के हो भन्दै हेडक्वाटरमा अन्तक्र्रिया गरेका थिए। तर, तीनकुने भएको घट्नाले उनको यस्तो अन्र्तक्रियात्मक कार्य ठिक होइन भन्ने पुष्टि गरेपछि सशस्त्र प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेको हो।

सोमबार नै नेपाल प्रहरीको प्रधानकार्यालयमा तीनवटै सुरक्षा अंगका प्रमुखको संयुक्त बैठक बसी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेका हुन्। पूर्वमन्त्री राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार राजधानीमा गर्ने भनिएको प्रदर्शनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरूबीच समन्वयात्मक बैठकबसी सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने निर्णय गरेका छन्। सुरक्षा अंगले मंगलबार विहानैबाटै आमसभास्थल र चक्रपथ वरिपरी ड्रोनले निगरानी गर्ने भएको छ।

ठूला प्रदर्शन र आन्दोलनमा संयुक्त रूपमा खटिने सुरक्षाफौज भित्र समन्वयको कमी हुँदा ठूलो क्षति ब्यहोर्नुपर्ने र त्यसको अपजस सुरक्षा निकायले नै लिनुपर्ने हुँदा समन्वयमा काम गर्ने निर्णय गर्नेगरी ड्रोनको पनि प्रयोग गर्ने भएको हो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहितको संयुक्त बैठकले उपत्यकाका जिल्ला प्रहरी इन्चार्ज, सशस्त्र प्रहरीका इन्चार्ज र ट्राफिक प्रहरीका इन्चार्जलाई समन्वयमा काम गर्न निर्देशन दिएका हुन्।

बैठकमा सहभागी सशस्त्रका महानिरीक्षक अर्यालका अनुसार प्रदर्शनमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू फिल्डमा खटिए पनि समन्वयको अभाव नहोस् भन्ने हेतुले निर्देशन दिइएको हो।

राप्रपाले मंगलबार १२ बजेपछि बल्खुमा प्रदर्शन गर्दैछ। प्रदर्शनमा १२ हजारभन्दा बढी सहभागी हुने आँकलन गरिएको छ। सुरक्षा समन्वयात्मक बैठकमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नजिस्काउने, उनीहरूमाथि तत्कालै जाई नलाग्ने र आवश्यक परे बल प्रयोग गर्न निर्देशन दिइएको थिय ।

राप्रपाले हिंसा र अराजकतामा भविष्य नदेखेको बताउँदै आन्दोलनलाई भद्र अवज्ञा र सत्याग्रहका रूपमा अघि बढाइने अध्यक्ष लिङदेनले जानकारी दिएका छन्। प्रदर्शनस्थल बिहान ९ बजेदेखि स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठ गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन्।

लिङदेनले यदि आफूलाई पक्राउ गरिए पनि आन्दोलन थप उग्र हुने दाबी गर्दै अध्यक्ष लिङदेनले हजारौं भोलेन्टियर खटाइसकिएको जानकारी दिएका छन्। चैत १५ गतेको राजावादीको प्रदर्शनमा प्रहरीले धेरै गोली चलाएको र बल प्रयोग गरेको भन्दै चौतर्फी विरोध भइरहेका बेला मंगलबारको प्रदर्शनमा सकभर बल प्रयोग गर्ने अवस्था नआउने गरी तीन वटै सुरक्षा निकायले समन्वयमा काम गर्ने बताएका बेला राप्रपाले पनि कार्यक्रम स्थल स्वंयसेवकको नियन्त्रणमा रहने जनाएको हो। सुरक्षा अंगले मंगलबारको प्रर्दशनलाई सुरक्षित बनाउन करिब ३५ सय सुरक्षाकर्मी खटाउने जनाएको छ।

यसका साथै काठमाडौं पुलिस क्लब भृकुटीमण्डपमा नेपाल प्रहरी उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङ र सशस्त्र प्रहरीको उपत्यका ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति डीआईजी सुरेश श्रेष्ठसहितले छलफल गरेका थिए।

छलफलमा खटिएका प्रहरी अधिकृतहरूले सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मी खटाउने निर्णय गरिसकेका छन्। यसअघि चैत १५ गते यही समूहले तीनकुनेमा प्रसाईंको नेतृत्वमा गरेको प्रदर्शन आकलनभन्दा बाहिर गएपछि भोलिको लागि सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल गरेका थिए।
राप्रपाले काठमाडौंको बल्खुमा हुने जुलुससहितको प्रदर्शन शान्तिपूर्ण भनेको छ। यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो। तर, कार्यक्रमको सुरुदेखि नै तोडफोड भएको थियो।

सुरुमै पुगेका प्रदर्शनकारीहरूले निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि माहोल बिग्रिएको थियो। तीनकुनेको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए। अझै १३ जना अस्पतालमै रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *