एक किशोरीसहित चार जना पक्राउ

डिसी नेपाल
२६ चैत २०८१ १०:५२

धनगढी । कैलाली प्रहरीले एक किशोरीसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध खैरो हेरोइन फेला परेसँगै कैलाली प्रहरीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एक होटलबाट पक्राउ गरेको हो।

लागूऔषध कारोबार भइहरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका-८ बस्ने बर्ष २० का सुरेश बिष्ट, भिमदत्त नगरपालिका-१० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका-८ बस्ने बर्ष १९ का रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी आशिका सिजापती रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *