ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनीको दिँदा पनि एसियाली सेयर बजारहरू बढे

काठमाडौं । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका थिए। यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको शेयर बजारमा वृद्धि देखिएको छ।
सोमबार यी दुवै देशका बजारहरू ठूलो गिरावटका साथ बन्द भएका थिए । ट्रम्पले भनेका थिए ‘यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नलिएमा मंगलबारदेखि चीनमाथि नयाँ कर लगाइनेछ।’
मंगलबार, जापानको निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकांकमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले वृद्धि भएको छ। यससँगै अष्ट्रेलियाको शेयर बजार एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुल्यो।
सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका शेयर बजारमा देखियो। एसिया र युरोपका बजारहरूमा ठूलो गिरावट आएको थियो ।
Facebook Comment