नेपाल र भारतको ऐतिहासिक सम्बन्ध

नेपाल र भारतको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र भूराजनीतिक दृष्टिले गहिरो र महत्त्वपूर्ण छ। यो सम्बन्ध प्राचीनदेखि विद्यमानसम्म कायम छ। दुवै देशहरू धर्म, भाषा र सांस्कृतिक आदानप्रदानमा निकट छन्। नेपालका कला, संगीत, नृत्य र साहित्यमा पनि भारतीय प्रभाव देखिन्छ। नेपाली लोकसंगीत र नृत्य शैलीमा भारतीय परम्पराको गहिरो असर परेको छ। नेपाल र भारतबीचको सांस्कृतिक र भौगोलिक निकटताले हाम्रो साझा इतिहास र भविष्यको लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। भारतीय उपमहाद्वीपको हिन्दू धर्म र नेपाली हिन्दू समाजको आपसी प्रभावले यस सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।
नेपाल र भारतको व्यापारिक सम्बन्ध पनि निकै महत्त्वपूर्ण छ। भारत नेपालका मुख्य व्यापारिक साझेदारको रूपमा रहेको छ। नेपालका अधिकांश वस्तु भारतमार्फत आयात र निर्यात गरिन्छ। भारतले नेपाललाई विभिन्न मद्दत र सहुलियत प्रदान गरेको छ। जसले नेपालको अर्थतन्त्रलाई केही हदसम्म सुदृढ बनाएको छ। नेपाल र भारतको राजनीतिक सम्बन्ध मित्रवत छ। नेपाल र भारतबीचमा प्राकृतिक श्रोत साधन, जलवायु र पर्यावरणीय सम्बन्ध पनि त्यति कै महत्त्वपूर्ण छ।
दुवै देश दक्षिण एशियाका महत्त्वपूर्ण राष्ट्र हुन्। नेपाल-भारतको भौगोलिक र सांस्कृतिक दृष्टिकोणले एकअर्कासँग गहिरो सम्बन्ध छ। भारतले नेपाललाई तीन तीरबाट घेरेको छ। दक्षिण, पूर्व र पश्चिमतीन दिशाबाट नेपाललाई छोएको छ। भारत नेपालको दक्षिणमा पर्ने एक असल मित्र राष्ट्र हो। नेपाल र भारतबीच युगौंदेखि धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध रहँदै आएको छ। यस सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले असंलग्न र शान्तिपूर्ण सहअस्तित्वमा आधारित नेपालको परराष्ट्र नीतिको आधारबाट सन् १९४७ जुन १३ मा दुवै देशबीच दौंत्य सम्बन्ध कायम भएको हो।
भारतले नेपालको तीन तिरको भूभागलाई घेरेको छ। नेपालको पूर्व, पश्चिम र दक्षिणको समथर तराई क्षेत्रको सीमाना करिब १८ सय ८० किलोमिटर रहेको छ। नेपाल र भारतबीच आवतजावतका लागि खुला सीमाना भएता पनि औपचारिक तवरले मालसमान ओसार–पसार गर्न र यात्रु तथा स्थानीय बासिन्दा ओहोर–दोहोर गर्न एक सय ५९ नाका खुला गरिएका छन्। साधु–सन्त, विद्यार्थी, तीर्थालुलगायतआम सर्वसाधारणलाई समेत खुला सीमानाको उपयोग गर्न सजिलो भएको छ। नेपाल र भारतबीचको सीमा खुला भएकाले दुई देशका नागरिकले सहज रूपमा आवतजावत गर्न सक्छन्। यसले व्यापार, रोजगार र सांस्कृतिक आदान–प्रदानमा सजिलो बनाएको छ। तर, कहिले काहीँ खुला सीमानाको फाइदा लिँदै गलत नियत भएकाहरूले दुरूपयोग गर्ने गर्दछन्। खुला सीमानाको दुरूपयोग गर्नेहरूलाई दुवै देशका प्रशासन र जनता मिलेर हटाएका छन्।
नेपाल र भारतबीचको सांस्कृतिक र भौगोलिक निकटताले हाम्रो साझा इतिहास र भविष्यको लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। भारतीय उपमहाद्वीपको हिन्दू धर्म र नेपाली हिन्दू समाजको आपसी प्रभावले यस सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।
त्यस्ता गलत नियत भएका आतंककारी दुवै देशका शत्रु हुन्। यी दुवै देशका साझा समस्या पनि हुन्। आतंककारीको आफ्नो भन्ने केही हुँदैन उसको देश, धर्म, जात केही नभएकै कारण जुन बेला पनि घटना घटाउन सक्छन्। यस्ता समस्या दुवै देशका सरकार, प्रशासनको प्रयासले समाधान हुँदै आएको छ। यस्ता साझा समस्यालाई दुवै देशले समाधान गर्दै जानु पर्दछ। नेपालको पश्चिम दार्चुला जिल्लाको छाङरुव्यास नाका पर्दछ भने भारतको पिथौरागढको गव्र्याङ नाकादेखि नेपालको पूर्वी जिल्ला ताप्लेजुङको खाङ्ला भन्ज्याङ तथा भारतको सिक्किमसम्म रहेका जम्मा एक सय ५९ नाका औपचारिक तवरले खुला छन्। नागरिक आवागमनका दृष्टिले नेपाल–भारत सीमा अन्तर्राष्ट्रिय सीमा हो भन्ने अनुभव कसैले गर्दैन। जो पनि स्वतन्त्र तवरले आउन–जान सक्छ।
सीमा क्षेत्र खुला भएकै कारण दुवै देशका बेरोजगार युवा रोजगारीको खोजीमा एक अर्को देशमा गएर रोजगारी गरेको पाइन्छ। लाखौं नेपाली युवायुवती रोजगारीको खोजीमा सीमा पारी भारततर्फ पुगेका छन् भने त्यत्तिकै मात्रामा भारतीय पनि नेपाल आएका छन्। नेपाल–भारत सम्बन्ध बुझ्न हामीले दुई देशको इतिहास बुझ्नु जरुरी देखिन्छ। विश्वका अति प्राचीन मुलुक नेपाल र भारतको उत्पत्ति पाँच हजार वर्ष पहिले भएको मानिन्छ। संसारका प्राचीनतम मानव सभ्यताको एक ऐतिहासिक धरोहरका रूपमा भारत विश्वमा प्रख्यात छ। साथै, जनसङ्ख्यामा विश्वमै दोस्रो ठूलो देश भारत वर्तमान विश्वको एक उदीयमान शक्तिको रूपमा स्थापित हुँदै छ। नेपालसँग भारतको लामो र गहिरो ऐतिहासिक सम्बन्ध तथा महत्त्व रहिआएको छ। सधैँ शान्ति र मित्रताको आधारमा नेपाल र भारतको सम्बन्ध रहँदै जानुपर्छ। दुवै देशले समानता, सहअस्तित्व र स्वाभिमानका लागि एकअर्कालाई सम्मानपूर्ण व्यवहार गर्दै आएका छन्।
मित्र राष्ट्र गणतन्त्र भारत नेपालको अत्यन्तै नजिकको मित्र देश हो। शैक्षिक, सामाजिक, सांस्कृतिक र धार्मिक अनेक प्रकारका सम्बन्धहरूले हामीलाई परस्परमा बाँधेका छन्। यी सम्बन्ध दुवै देशको अस्तित्व भएदेखि नै रहँदै आएका हुन्। दुवै देशबीच ‘नानी र पानी’को सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको यर्थात हो। वैदिक कालदेखि आधुनिक कालसम्म दुवै देशबीच छोरी–बेटी लेनदेन हुँदै आएको पनि छ। भारतीय महाद्विपको भूगोलले नै नेपालको भारतसँग सहअस्तित्त्व जोडिएको छ। भारतसँगको मित्रतामा पारस्परिक समानता र सम्मानपूर्ण व्यवहार तथा सहअस्तित्वलाई भौगोलिक वरदान मान्न सकिन्छ। कहिले काहीँ सामान्य कुराले पनि दुवै देशबीच शंका, सन्देह र असमझदारी पैदा हुँदा भौगोलिक निकटतालाई अभिसापको रूपमा लिनु हुँदैन। आपसी सल्लाहले समाधान गर्न सकिन्छ। यस कुरामा नेपाल र भारत दुवै राष्ट्र सतर्क रहनु जरुरी छ।
नेपालले कहिल्यै पनि र कस्तै अवस्थामा पनि भारतको अहित चिताएर कुनै काम गर्न सक्दैन। भारतले पनि नेपालको अहित चिताउने कुरै आउँदैन। एक देशको समस्या दुवै देशको समस्या हुन सक्छ। त्यसलाई साझा समस्या सम्झेर दुवै देशको पहलबाट समाधान गर्न सकिन्छ। नेपालको उत्तिकै महत्त्वका अरू छिमेकी मुलुक भएता पनि धार्मिक, सांस्कृतिक, भाषिक र भौगोलिक समानताका कारण नेपाल र भारतबीचको सम्बन्ध युगौंदेखि महत्त्वपूर्ण र निकट रहँदै आएको हो। शान्ति र मित्रताको आधारमा नेपाल र भारतको सम्बन्ध युगौंसम्म कायम राख्न दुवै देशले समानता, सहअस्तित्व र स्वाभिमानका लागि एकअर्कालाई सम्मानपूर्ण व्यवहार गर्ने छन्। आखिरमा नेपाल र भारतको सम्बन्ध शान्ति, समानता र सहअस्तित्वका आधारमा रहिरहनु पर्ने आवश्यकता छ। यसको लागि दुवै देशले आपसी सम्मान र सहयोगको भावना कायम राख्नुपर्छ।
Facebook Comment