तीनकुने घटनाका मृतक परिवारलाई भेटे बालेनले

डिसी नेपाल
२६ चैत २०८१ १२:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।

आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यलाई उनले कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग गर्ने बताएका थिए।

उनले पीडित परिवारमा समवेदना व्यक्त गरेका थिए। चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परी रजकले ज्यान गुमाएका थिए।

सो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कानुनी कारबाही गर्नुपर्नेमा उनले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *