चतुर भूपेन्द्र : जसले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ३ पटकसम्म ठगिदिए

डिसी नेपाल
२६ चैत २०८१ १३:३९

काठमाडौं । तपाईंले ठगीका धेरै घटनाहरूको बारेमा सुन्नुभएको होला भूपेन्द्र सिंह नामका एक टिभी पत्रकारले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ठगीदिएका छन् । भारतको कानपुरका भूपेन्द्रले त्यो ठगलाई एक पटक होइन लगातार तीन पटकसम्म ठगिदिएपछि यो घटनाको निकै चर्चा भइरहेको छ ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ठगीको यो सिलसिला मार्च ६ मा सुरु भएको थियो । त्यो दिन उनी आफ्नो विवाहको एनिभर्सरीको तयारीमा व्यस्त थिए । उनलाई एउटा फोन आयो । फोन उठाउने बित्तिकै अर्को तर्फबाट गम्भीर आवाज आयो – ‘म एक सीबीआई अधिकारी हुँ।’

त्यसपछि कथित सीबीआई अधिकारीले धम्कीपूर्ण स्वरमा भने – ‘हामीसँग तिम्रो अश्लील भिडियोहरू छन्, मुद्दा दर्ता गरिएको छ।’ कुरा सुनेपछि भूपेन्द्र डराए । भूपेन्द्रलाई यो केस बन्द गर्नको लागि १६ हजार रुपैयाँ तिर्नुपर्ने बताइयो र नक्कली एफआईआरको प्रतिलिपि उनलाई पठाइयो। भूपेन्द्रले पैसा जुटाउन १ दिनको समय मागे ।

सुरुमा त भूपेन्द्र डराएका थिए । तर उनले यस विषयमा खोजी गर्दै जाँदा थाहा पाए – यस्ता किसिमका केस सीबीआइले हेर्दैन, स्थानीय प्रहरीले हेर्छ । उनले आफूलाई पठाइएको केस दर्ता गरेको कागज पनि गुगल लेन्समा अपलोड गरे । गुगल लेन्सले यी कागजात पनि फर्जी भएको बतायो । त्यसपछि भने उनले ठगलाई उल्टै ठगी गर्ने योजना बनाए ।

भोलिपल्ट ठगको फोन आयो । उनले आफूले एउटा चोरीको सुनको सिक्री सुन पसलमा ३ हजार रूपैयाँ सापटी लिएर धितो राखेको हुँदा त्यो छिटाउन ३ हजार रूपैयाँ चाहिएको बताए । भूपेन्द्रको कुरा पत्याएर ठगले पनि उनलाई युपीआइमार्फत ३ हजार पठायो ।

भोलिपल्ट फेरि फोन आयो । यस पटक भूपेन्द्रले सुन पसलेले सिक्री चोरीको भएको कुरा थाहा पाएको र ऊ लोभी भएर अझै ५ हजार मागेको बताए । कुराकानीको क्रममा भूपेन्द्रले आफू निकै आत्तिएको महसुस हुने गरि गम्भीर शैलीमा कुरा गरे । ठगले उनको कुरा पत्यायो र फेरि ४ हजार ८८० रूपैयाँ पठायो ।

अर्को दिन फेरि ठगको फोन आयो । भूपेन्द्रले आफूले सिक्री पाएको र यो धितो राखेर १ लाख १० हजारसम्म ऋण पाउन सक्ने बताए । यसको लागि धितो राख्ने कम्पनीले आफूसँग प्रोसेसिङ चार्ज भनेर ३ हजार मागेको पनि उनले बताए । उनले प्रोसेसिङ चार्जबारे उल्लेख भएको नक्कली कागज पनि पठाए । ठगले उनको कुरा फेरि पत्यायो र फेरि ३ हजार पठायो ।

मार्च १० मा, जब ठगी गर्ने व्यक्तिले फेरि भूपेन्द्रलाई फोन गरेर आफ्नो पैसा फिर्ता मागे, भूपेन्द्रले नयाँ बहाना बनाए। उनले चेन धितो राखेर १,१०,००० रुपैयाँसम्मको ऋण लिन सकिने बताए, तर यसका लागि ३,००० रुपैयाँ प्रशोधन शुल्क लाग्ने बताए। ठगी गर्ने व्यक्ति डरायो र अर्को ३,००० रुपैयाँ पठायो।

ठगबाट कूल १० हजार ८८० रूपैयाँ ठगेपछि भने भूपेन्द्रले साइबर क्राइम सेलमा यसबारे जानकारी दिए । भूपेन्द्रले ठगको फोन काट्न थालेपछि ठगले आफू उल्टै ठगिएको थाहा पायो र भूपेन्द्रसँग आफ्नो पैसा मात्रै भए पनि फिर्ता गरिदिन बिन्ती गर्न थाल्यो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *