आन्तरिक रोजगार प्रवर्द्धनका लागि विश्व बैंक सहयोग आवश्यक : मन्त्री भण्डारी

डिसी नेपाल
२७ चैत २०८१ ११:२३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कर्ययोजना अघि बढाउन विश्व बैंकलगायतको विकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन्।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसँग सहकार्यका लागि वृहत्त छलफल गरेका हुन्। श्रम बजारको विकास र विस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि माग, आपूर्ति र श्रम बजार व्यवस्थापनका सबै क्षेत्रमा रणनीतिक कार्ययोजना तयार गरिरहेको बताए।

आगामी दशक श्रम तथा रोजगारीको क्षेत्रमा रुपान्तरणको दशक बनाउन दक्ष जनशक्ति विकास र उपयोगको लागि मानव पूँजी निर्माणमा सरकारले लगानी विस्तार हुँदै गरेको उनले जानकारी दिए।

छलफलमा मन्त्रीका श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले मन्त्रालय तथा विश्व बैंकबीच थप समन्वय सहकार्यको क्षेत्रका सम्बन्धमा प्रस्तुति गरेका थिए। छलफलमा श्रम संसार प्रणालीको स्तरोन्नतिका सम्बन्धमा स्वीस कन्ट्याक्ट्बाट जानकारी लिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *