हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति

डिसी नेपाल
२७ चैत २०८१ २१:४६

काठमाडौं। वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन्।

विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागिमात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन्। नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन्। जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन्।

यस्तै अन्नपूर्ण–१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन्। हालसम्म हिमाल आरोहणबाट रु २४ करोड ५२ लाख ७७ हजार पाँच सय ३७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *