बझाङमा चट्याङ लागेर एकको मृत्यु, जयपृथ्वी राजमार्गमा पहिरो खस्यो

डिसी नेपाल
२८ चैत २०८१ ६:५५

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ। बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

जिल्लामा वर्षा र चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे।

यहाँको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *