कुवेतविरुद्ध कुशल भुर्तेलले अर्धशतक पूरा गरे

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत कुवेतविरुद्ध नेपालको ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
१८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् ।
नेपालले यतिबेला ८ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ८५ रन बनाएको छ । हिजो कतारवीरुद्ध पनि भुर्तेलले आक्रामक सुरुवात दिलाएका थिए ।
आजको अर्धशतकसँगै भुर्तेलले टी–२० आईमा ११ औं अर्धशतक पूरासमेत गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment