कांग्रेस महाधिवेशन ८४ अघि नै हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन्।
बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका विषयमा कोहि अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन्।
पार्टीको महाधिवेशन छिटो गर्न पाइने तर पछि सार्न नपाइने उनले बताए। थापाले महाधिवेशनलगतै विभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे।
उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए। संघीयता कार्यान्वयनलागि आवश्यक कानुन समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानुन निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए।
Facebook Comment