चितवनमा दिपल इभीको बिक्री वितरण सुरु

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ। बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन्।
दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए। त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ वटा भन्दा दिपल विक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए।
नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट ३ दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ। यो अवधिमा दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्ने सुविधा छ। टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नेछन्।
यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस साथै दिपलका इभी टेस्टड्राइभ गर्नेले दिपलको तर्फबाट उपहार पाउनेछन्। दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ।
Facebook Comment