शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीचको छलफल बिना निष्कर्ष टुङ्गियो

डिसी नेपाल
२८ चैत २०८१ २२:२९

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बिहीबार छलफल भएको छ। हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरुबीच छलफल भएको हो।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए। ‘आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ। उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,’ उनले भने, ‘छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ।’

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताए। छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो।

शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौंमा सडक प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *