नेपाल प्रहरी हिरासतमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएकोमा नेपाल प्रहरीले आफ्नो हिरासतमा लिएको हो।
यससँगै उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइँदै गरिएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश कुमार आचार्यले बताए। उनीसँगै प्रसाईंका अंगरक्षक दिपक खड्कालाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।
१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।
प्रतिक्रिया
Facebook Comment