तीन दिनमै ११९०० ले बढ्यो सुन मूल्य, आज कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२९ चैत २०८१ ११:०३

काठमाडौं । नेपाली बजारमा पछिल्ला तीन कारोबार दिन सुन मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला तीन कारोबार दिन सुन मूल्य ११ हजार ९ सयले बढेको हो।

आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो अहिलेसम्मकै ऐतिहासिक रेकर्ड हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार मात्रै नेपाली बजारमा सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेको थियो। बिहीबार ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको थियो। बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश: घट्दै गएको सुन मूल्यमा तीन दिन यता पुन: वृद्धि भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *