सरकारले राजनीतिक स्थिरताका लागि काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
२९ चैत २०८१ ११:४३

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष २०८२ सबै नेपालीका लागि अघिल्ला वर्षभन्दा राम्रो होस् भन्दै शुभकामना दिएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गरेका हुन्।

‘नयाँ वर्ष सबैका लागि राम्रो होस्। सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु। सबैको जीवन सहज रुपमा अघि बढोस्,’ उनले भने, ‘वितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका काम सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस्। नेपालको राष्ट्रिय राजनीतिमा स्थिरताका लागि सरकारले काम गरिररहेको छ। जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु।’

उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै २०८२ नेपाल र नेपाली जनताका लागि वर्ष २०८१ भन्दा राम्रो बन्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *