पक्राउ परेको १६ वर्षपछि अमेरिकाबाट भारत ल्याइएका तहव्वुर राणा १८ दिनको हिरासतमा

काठमाडौं । दिल्लीको विशेष अदालतको आदेशपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६/११ मुम्बई हमलाका आरोपी तहव्वुर राणालाई हिरासतमा लिएको छ।
अमेरिकाबाट सुपुर्दगी गरिएका तहव्वुर राणालाई एजेन्सीले बिहीबार पटियाला हाउसस्थित एनआईए विशेष अदालतमा पेश गरेको थियो। अदालतले राणालाई १८ दिनको हिरासतमा पठाएको छ।
एनआईएले एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा एजेन्सीले तहव्वुर राणालाई हिरासतमा लिएको जनाएको छ।
एनआईएका अनुसार १८ दिनको हिरासतमा रहँदा तहव्वुर राणालाई २००८ को मुम्बई आक्रमणको सम्पूर्ण षड्यन्त्रको बारेमा सोधपुछ गरिनेछ।
यस आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो भने २३८ भन्दा बढी घाइते भएका थिए। तहव्वुर हुसेन राणाका वकिल पियुष सचदेवाले सञ्चारकर्मीसँग कुरा गरेका हुन् ।
उनले भने , “एनआईएले २० दिनको प्रहरी हिरासत मागेको थियो र धेरै विचार-विमर्शपछि अदालतले अनुसन्धानको लागि १८ दिनको हिरासतमा राख्न अनुमति दिएको छ। यदि एनआईएलाई थप समय चाहिन्छ भने उनीहरूले आवेदन दिनेछन्।”
तहव्वुर राणाका वकिलले थप भने, “अदालतले (तहव्वुर राणालाई) हिरासतमा लिनु अघि र अर्को मितिमा पेश गर्नु अघि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ।”
Facebook Comment