ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते

डिसी नेपाल
२९ चैत २०८१ १२:०३

सर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार बिहान ट्रकको ठक्करबाट साइकलमा सवार एक युवतीको ज्यान गएको छ। दुर्घटनामा दिदीले ज्यान गुमाउँदा महिनी घाइते भएकी छन्।

बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत हरिपुर्वा नगरपालिका-९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका-१३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ।

साइकलमा पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी घाइते भएकी हुन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका-१० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक प्रहरी नियन्त्रणमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *