अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री

डिसी नेपाल
२९ चैत २०८१ १३:१४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताए।

उनले भने,‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो। र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन्। जाने अवस्था छ। त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरूले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ।’

त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरूको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *