दुर्गा प्रसाईंको संक्षिप्त प्रतिक्रिया- म आत्तिएको छैन

डिसी नेपाल
२९ चैत २०८१ १३:२७

काठमाडौं । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन्।

प्रहरी हिरासतमा रहेका प्रसाईंले भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताएका थिए।

‘म आत्तिएको छैन। यो तस्करविरुद्धको लडाइँ हो। अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि’, उनले भने।

१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।

तर, प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए। प्रसाईंलाई पक्राउपछि झापाबाट आजै काठमाडौं पुर्‍याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *