इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट

डिसी नेपाल
२९ चैत २०८१ १८:२७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसंघका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन्।

जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभुत वस्तुको आपूर्तिसमेत रोकिएको बताएका छन्।

गत हप्तामा मात्रै संयुक्त राष्ट्रसंघका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक कुपोषण आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन्।

उनले टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि ४०० भन्दा बढी मानवतावादीहरू मृत्यु भएको बताएका छन्।

बढ्दो जोखिम र घट्दो आपूर्तिको बावजुद, गाजामा सहायता, स्वास्थ्य सेवा र निर्बाध मानवीय पहुँचका लगि तत्काल नाकाबन्दी हटाउन आह्वान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *