‘नेपालमा राजतन्त्रको सम्भावना छैन’

महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन्।
आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताए। उनले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विना आधारको हल्लामा नपर्न सबैमा आग्रह गरे।
नेता महतले विसं २०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेसको जीवनरेखाका रुपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरु बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए।
वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ।
Facebook Comment