कविता: त्यो क्रूर समय

गीता ढकाल सुवेदी
३० चैत २०८१ ७:०१

म अनि त्यो क्रूर समय
सपना बनेर तर्साउँछ
त्यो नमिठाे याद
नदेखिने घाउ
न थियोे घामको उज्यालो
न त थियो निस्सपट्ट अँध्यारो
म थिए अनि मसँगै मेरा
संघर्ष र अभाव
एक थान जिम्मेवारी
दोहोरो भूमिका
आफ्नो कर्तव्य
म आफ्नै सुरमा पाइला
लम्काइ रहेको थिए
अकस्मात मेरो नारीत्वमा
हिंस्रक आक्रमण!
तिमी कायर
नालायक
तर,
अहिले म
समाजबाट तिरस्कृत
जागीरबाट बहिष्कृत
उता
पीडक
सडकमा छाती खोलेर
नारीको इज्जत माथि
धावा बोलेर
रक्सीको मस्तीमा
विजय उत्सव
शक्तिको आडमा
उन्मत्त दानवहरु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *