लघुकथा : फल

भूमिका गैरे तिमिल्सिना
३० चैत २०८१ ६:५३

“आज ठूलै नेताको हवाइजहाज दुर्घटनामा ज्यान गएछ।”

सामाजिक सञ्जाल भरी छ्यापछ्यापी हार्दिक श्रद्धाञ्जलीको ओइरो थियो।
हल्ला चल्यो, “बाँचुन्जेल केही गरेनन् क्यारे? आफ्नै भुँडी भर्दा ठिक्क, देश र जनताको बारेमा केही सोचेनन्? ” भिडबाट ठूलै आवाज आयो।

यमलोकमा पनि कचरी चल्यो। यमराजले सिंहासनबाट चित्रगुप्तलाई सोधे।

-“के छ, आजको खबर, को-को आएका छन् पृथ्वीबाट? ” चित्रगुप्त!
“ठूलो भुँडी भएको ठूलै नेता र साधारण ख्याउटे आएका छन्।”

-“ल! ल! तिनीहरूले के के गरेका रहेछन् ? फाइल पल्टाएर राम्रोसँग हेर्नुस् त ।” यमराजले भने

चित्रगुप्तले सबै कुरा बुझे, “ठूलो भुँडी भएको नेताले घुस धेरै खाएको, भिडको प्रकृति हेरेर भाषण गरेको, विकास र निर्माणका काम नगरेको रेकर्ड निकाले। ”

ख्याउटेको फाइल पल्टाई हेर्दा, “सोझो, इमान्दार , दु:खी किसान रहेको बुझाए।”

यमराजले सबै नियाले, “पृथ्वीको वस्तुस्थिति बुझ्न स्वयम् भेष बदलेर जाने निर्णय गरी पृथ्वीलोक झरे। ”

“बाटोघाटो, धुवाँधुलो, नेता र सर्वसाधारणको जीवनशैली नजिकैबाट हेरी पुनः स्वर्गलोक सवारी भए। ”

यमराजले निसाफ गरे, “ठूलो भुँडी भएको नेतालाई नर्क पठाऊ र ख्याउटेलाई स्वर्ग पठाऊ। ”

गैंडाकोट ४ नवलपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *