एनएसएलः हिजाजीको ह्याट्रिकमा धनगढीको जित

डिसी नेपाल
२९ चैत २०८१ २१:४७

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स एफसीलाई ३–१ गोलअन्तरले हराउँदै धनगढीले जित हात पारेको हो।

खेलको २२औँ मिनेटमा अमाडो डिओपले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। तर धनगढीका अहमद हिजाजीले खेलको ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। धनगढीका लागि हिजाजीले ४१औँ र ४७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

जितसँगै आठ अंकका साथ धनगढी तालिकाकोे शीर्ष स्थानमा उक्लिएको छ भने काठमाडौं पाँच अंकसहित चौथो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *