कमल थापाले जिते टेनिस उपाधि

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समूहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधि जितेका छन्।
काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधि जित्न सफल भएका हुन्।
आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए।
यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए। थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन्।
प्रतिक्रिया
Facebook Comment