अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला

अछाम । अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ।
ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा बेवारिसे शव फेला परेको हो।
स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
शव सडिसकेको अवस्थामा रहेकाले घटना शंकास्पद रहेको उनले बताए। प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment