योगी आदित्यनाथबारे गलत सूचनाको आधारमा बोलेछु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका बिषयमा आफूले यसअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।
बिपि स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले योगी आदित्यनाथ नेपाली दूतावास पुगेर आफू राजसंस्थाको पक्षमा नरहेको बताएको भन्ने आफ्नै अभिव्यक्तिको खण्डन गरेका हुन्।
केहिदिन अघि आफुले गलत सूचनाको आधारमा आदित्यनाथका बारेमा बोलेको भन्दै उनले आदित्यनाथ दिल्लीको दूतावासमा पुगेको नभइ नेपाली राजदूतले आदित्यनाथलाई भेट्न जादा राजाको पक्षमा नरहेको बताएको स्पष्ट पारे।
त्यस्तै उनले बिपिको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको बदनाम हुने काम नगर्ने विश्वास व्यक्त गरे।
उनले सहकारी अस्पतालले समेत राष्ट्रका लागि राम्रो काम गर्ने जिकिर गरे।
Facebook Comment