आइपीएलमा सबैभन्दा ठूलो लक्ष्य चेज हुँदा टोली फरक–फरक तर निराश हुने कप्तान एउटै

काठमाडौं । इण्डियन प्रिमियर लिगमा गएराती भएको खेलमा पंजाब किंग्सले दिएको २४६ रनको लक्ष्य सनराइजर्स हैदराबादले सफलतापूर्वक हासिल गरेको छ । यो आइपीएल इतिहासमा दोस्रो ठूलो लक्ष्य सफलतापूर्वक हासिल गरिएको हो ।
यसअघि सबैभन्दा ठूलो लक्ष्य पच्छ्याएको रेकर्ड गत वर्ष पंजाब किंग्सले बनाएको थियो । हिजो हारेको टोलीले नै यसअघि सबैभन्दा ठूलो लक्ष्य पच्छ्याएको भए पनि यस वर्षका पंजाबका कप्तान गत वर्ष पंजाबमा थिएनन्, बरु उनी गत वर्ष हार्ने टोलीको कप्तान थिए ।
गत वर्ष कोलकाताको इडन गार्डेन्स मैदानमा कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य पंजाबले २ विकेटको क्षतिमा सफलतापूर्वक हासिल गरेको थियो । त्यतिबेला श्रेयस अय्यर कोलकाता नाइटराइडर्सको कप्तान थिए ।
हिजो हैदराबादको राजीव गान्धी क्रिकेट मैदानमा पंजाबले दिएको २४६ रनको लक्ष्य सनराइजर्स हैदराबादले पनि २ विकेटको क्षतिमै हासिल गर्यो । संयोगवश यस पटक पंजाब किंग्सको कप्तान पनि श्रेयस अयुयर नै थिए ।
Facebook Comment