‘राजनीति र समाजसेवीले नेपाली समाज बिगारे’

सुरेश भट्ट आश्रिन
३१ चैत २०८१ १४:२२

दोहा। नेपाली दूतावास कतारका प्रथम सचिव कृशु क्षेत्रीले दोहाको नेपाली समाजभित्र राजनीति र समाजसेवीको नाममा ठग गिरोहहरु सक्रिय भएको बताएका छन्।

कतारको आफ्नो दुई वर्षको बसाइको अनुभव बारे बोल्दै क्षेत्रीले नेपाली समाजका चल्दापुर्जा प्रमुख तथा प्रतिनिधिहरूले सामाजिक सेवामा भन्दा भाषण ,खादा र अनुपयोगी काममा श्रमको कामाइ सिध्याइरहेको बुझेको बताए।

अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको छैटौं अधिबेशनको क्रममा मन्तव्य राख्दै प्रमुख अतिथि भन्छन्,-दोहामा नेपालीले नेपालीलाई नै ठगेका घटना गुनासाहरु दैनिकजसो आउँछन्। त्यो पनि चिनेजानेका अनुहार देख्दा आफैंलाई सरम लाग्छ तर उनीहरु भने निच्च हास्दै बाहिरिन्छन्। जसका लागि विदेशमा सामाजिक संस्थाले काम गर्नुपर्ने थियो उल्टो उनीहरुलाई नै शोषण गर्नु लज्जास्पद।”

कतारको दूतावासलाई प्राप्त जानकारी अनुसार यो बर्ष मात्रै ४७ जना नेपालीको मृत्यु भएको र १० जनाले आत्महत्या समेत गरेको जानकारी गराउँदै क्षेत्रीले यस्तो अवस्थाको सिर्जना किन भयो भन्ने प्रश्न समाजका अगुवाहरुलाई गरे।

एउटा नेपाली नागरिकको मृत्यु भयो, तर उसको मृत्युवरण किन र कसरी भयो यस कुरामा भन्ने कुरासँग समाज र नेतृत्वहरु बेखबर रहन्छ भने कसरी तपाईंहरुलाइ समाजका अगुवाइ मान्न सकिन्छ? हरेक हप्ता मनोरञ्जनात्मक केन्द्रित कार्यक्रम गरिरहनु भन्दा, नेपाली श्रमिक हरुसम्म पुगेर विभिन्न किसिमका श्रमिक मुखी जन चेतनामुलक कार्यक्रम गर्न क्षेत्रीले सबै संघ संस्थालाई सुझाव दिए।

वैचारिक भातृ संगठन, सामाजिक अभियन्ता, समाजका अध्यक्षलाई अनावश्यक अवैधानिक सामान ओसारपसार अनियमितता नगर्न अनुरोध गर्दै सम्बन्धित देशको नीति नियम र कानुन बमोजिम धर्म,सस्कृती,परम्परा ,सम्मान गर्दै अगाडि बढ्न साथै अफ्ट्याराहरुमा दूतावाससंग उचित समन्वय गर्न आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *