अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

डिसी नेपाल
३१ चैत २०८१ १६:०८

काठमाडौं । संयुक्त टे«ड यूनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन माग गरेको हो।

सञ्जालले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने माग राखेको छ।

त्यस्तै योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने र प्राविधिक सेवामा कार्यरत कर्मचारीहरुको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रवेशको लागि तोकिएको तालिमलाई आधार मानी बढुवा गर्ने ब्यबस्था गर्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए।

त्यस्तै सञ्जालले अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगितावाट स्थायी गर्ने र हुन नसक्ने कर्मचारीलाई स्थायी सरहको उपदान दिएर अवकाश दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्नुपर्ने सञ्जालको माग छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *