बेंगलुरुले राजस्थानलाई ९ विकेटले हरायो

डिसी नेपाल
३१ चैत २०८१ १९:२६

काठमाडौं। आईपीएलको २८औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ।

बेंगलुरुले जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर बलिङ रोजेको थियो। राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनाएको थियो भने त्यो बेंगलुरुले १८औं ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।

आरसीबीबाट विराट कोहलीले आफ्नो टी–२० करियरको १००औं अर्धशतक पूरा गर्दै ६२ रन बनाउन सफल भए। फिल साल्टले ३३ बलमा ६५ रन बनाए। देवदत्त पडिक्कल ४० रन बनाएर नटआउट रहे। राजस्थानका लागि यशस्वी जैसवालले ७५ रनको इनिङ खेलेका थिए।

यसका साथै, १८औं आईपीएल सिजनमा आरसीबीले ६ खेलमा चौथो जित दर्ता गरेको छ। टोलीका चारवटै जित घरेलु मैदानबाटै हासिल गरेको हो भने दुवै हार पनि घरेलु मैदानमा भएको थियो।

अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोरेको छ भने उसले हालसम्म २ खेल मात्र जितेको छ।

विराट कोहलीले १५औं ओभरको तेस्रो बलमा वानिन्दु हसरंगाविरुद्ध छक्का प्रहार गरेसँगै उनले टी–२० मा आफ्नो १००औं अर्धशतक पूरासमेत गरेका छन्। विराटले आईपीएलमा ५० भन्दा बढीको ६६औं स्कोर पनि बनाएका छन्। यो मामिलामा उनले डेभिड वार्नरको बराबरी गरेका छन्। दुवैले आईपीएलमा ६६ पटक फिफ्टी प्लस स्कोर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *