९ लाखसहित न्यूरोडबाट एक किशोरी पक्राउ

डिसी नेपाल
३१ चैत २०८१ २०:११

काठमाडौं । हुण्डीको रकमसिहत प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

प्रहरीले आइतबार दिउँसो गोरखा पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो।

उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए।

न्यूरोडमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाको टोलीद्ये उनलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *