चट्याङ लागेर एकै परिवारका चार जना घाइते

डिसी नेपाल
२ वैशाख २०८२ ६:४०

संखुवासभा। जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन्। खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन्।

सोमबार बेलुकी साढे ४ बजे पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

चट्याङ लागेर खाँदबारी-९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए।

घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *