ब्लग : नयाँ वर्ष

सुशील लामा
२ वैशाख २०८२ ११:३१

आत्माहरू सँग क्यालेन्डर वा घडीहरू छैनन्, न तिनीहरूले समय वा दूरीको भाषा बुझ्छन्। उनीहरूलाई मात्र थाहा छ यो एकअर्काको साथमा रहनु सही महसुस हुन्छ।
बहाना को डोब पछ्याउँदै , उत्साहित उत्सव निरन्तरता को निचोड हो। तिथिमिती के के कुराको तादम्यता मिलाउनु हो।

आत्माले न नयाँको महसुस गर्छ न पुरानोको बदख्वाँई। बैधिक विधि अनुसार आत्मा अमर छन्। बैज्ञानिक प्रमाणमा होइन बिश्वसनीय बिश्वासमा।

मेरो बबुरो भुइँ मान्छेको चित्तमा लागेको कुरा। आदिम मानिसहरु सामाजिकि करणको भित्ता समातेर चेतना को सिँढी चढ्ने क्रममा बनेका नम्बर हुन् जस्तो लाग्छ। मानिसको भौतिकदेह बुढो हुन्छन्। पुरानो भएर मक्किन्छ्न् ,अनि भत्किन्छ्न्,कुँहिँन्छ्न्,पुनः पंच तत्वमा विलीन हुन्छन्।

आत्माको उमेर कति हुन्छ कति भयो थाहा छ मलाई या तपाईंलाई?

आत्मा जीवन हो। आत्मा बाहिरको लिपपोत ,डेन्टिङ-पेन्टिङ गरेको आवारण केवल देखावटी ढोङ हो। किटेर भनिरहेको छैन केवल अनुमान।

अस्ति सम्म बि.सं. २०८१ साल थियो। आजबाट बि.सं २०८२ साल भयो। के यो बदलिँएको नम्बरले आत्मालाई बूढो बनाउछ होला? के यो बदलेर ठूलो भएको नंबरले मनलाई पाक्को हुनुमा सहयोग पुर्‍याउछ होला?

लाग्छ केही फरक पार्दैन। हिजो होइन हिजोअस्ती जस्तो उस्तै छ मन। पोर परारको नि पोर परार मात्रै होइन जन्मेर बुझ्ने भएदेखुन उस्तै छ मन जस्तो अहिले।

खैर नियमलाई नियन्त्रण गर्न सकिन्न। बगेको खोला उहीँ उभो को बाटो नफर्के जस्तै। एउटा आदरणीय आधारको आयाममा रहिआएको समाज चिरकाल सम्म उस्तै राख्न बनेका सास्त्रीहरुको सास्त्रामय पात्रको अनुसार भयो नयाँ बर्ष।

अनि नयाँ बर्षको नयाँ कामना। पुरानो हुँदै गएको मनबाट होइन मान्छेबाट।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *