घट्यो सुनको मूल्य

डिसी नेपाल
२ वैशाख २०८२ ११:४७

काठमाडौं।  निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो।

आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *