शिक्षकका माग पूरा गर्न कांग्रेसले निर्णायक भूमिका खेलोस् : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न चासो नदेखाएकोप्रति आपत्ति जनाएका छन्।
शिक्षकको शान्ति पूर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेरिएको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘शिक्षकको शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा हेर्नू सरकारको ठूलो भूल हुने छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१४ दिन बितिसक्दा पनि आन्दोलनको सम्बोधन गर्नतर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक छ।’
शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेका विषय सम्बोधन गरी समस्याको समाधान गरिनु पर्ने उनो धारणा छ।
कांग्रेसको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद रहेको उनले बताए।
‘आन्दोलन जति लम्बिदैछ शैक्षिक क्षेत्रले त्यति नै ठूलो क्षती व्यहोर्नुपर्ने छ। त्यसैले सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिएर समस्या समाधानको लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन,’ उनले भने।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
Facebook Comment