शिक्षा ऐन नल्याए ढल्छस् सरकार

शिक्षकलाई गलाउन खोजे आफैँ गल्छस् सरकार
दुर्भाग्य बन्ने छ शिक्षा ऐन नल्याई ढल्छस् सरकार
शिक्षा ऐन जारी गर्न कसको अवरोध र धम्की छ ?
अब भन्नैपर्छ कसको ईशारामा चल्छस् सरकार
घामको रापले समुद्र सुक्दैन भन्ने बुझेकै जाति हो
यदि भष्मासुर बनिस् भने आफैँ जल्छस् सरकार
दुई तिहाइको व्यर्थ दम्भ केका लागि पालेको छौं ?
शैक्षिक लोड्सेडिङको मैनबत्तिमा बल्छस् सरकार
आन्दोलनको आँधिवेहेरी आइसकेको छ होसियार
अब दिन गन्ती सुरु गर कति दिन टहल्छस् सरकार
प्रतिक्रिया
Facebook Comment