निर्देशक तुला पर्वतले मकाउबाट ल्याए जुन झारी दिउँला

डिसी नेपाल
२ वैशाख २०८२ १६:००

काठमाडौं । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन्। मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन्।

प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने जुन झारी दिउँलामा मोडलद्धय मोहन कुमार र सम्झना तमाखुको रोमान्टिक अभिनय देख्न सकिन्छ। सार्वजनिक गीतका दुवै मोडल नयाँ भएपनि उनीहरुको अभिनय हेर्दा लाग्छ उनीहरू चल्तिका कलाकारहरु हुन्।

भिडियोमा गायक तथा निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोलाई वाईड स्क्रिनमा देखाउने गरेको कोशिश तारिफ योग्य छ। करिब २ दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तृलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन्।

निर्देशक तुलाकै अफिसियल च्यानल वाइड स्किन मिडियाबाट बजारमा आएको भिडियोले आम दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटको भनाई रहेको छ। भिडियोको छायांकन र सम्पादन निर्देशक तुलाले नै गरेका हुन्।

मकाउमा मात्रै उनले यो भिडियो सहित गरेर दर्जन बढी छायांकन गरिसकेका छन्। जसमा उनले नेपाली कलाकारहरुका अलावा मकाउकै स्थानीय मोडललाई समेत अभिनय गराइसकेका छन्।

गायक तथा संगीतकार तुला पर्वतका हाम्रो चितवन, आउँदैछु त्यो प्यारो गाउँमा, पिउँदा पिउँदै, फर्की आउन पाउँ, नशृगार छ तिम्रो, आफ्नै भएपनि, विरहमा, माया मारर गयौ, हल्का हल्का, आधा सपना सर्ट फिल्म, लगायतका कैयौँ सृजनाहरु बजारमा आइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *